नायिका रेखा थापाले बिहे गर्ने भनेको लामै समय भैसकेको छ । निर्माता छविराज ओझासँग डिभोर्स गरेर अलग बसेपछि नै रेखाको बिहे चर्चा सार्वजनिक भैरहेको छ । रेखा भने कहिले खोजे जस्तो यूवक नपाएको त, कहिले बेला नभएको बताउँदै आएकी छिन् । यतिसम्म कि, रेखाले त कहिलेकाही आफूलाई बच्चा खेलाउन मन लागेको पनि बताउँछिन् । जे भएपनि, देशकै चर्चित नायिका यस्तै यस्तै कुराले गसिप बजारमा छाई नै रहन्छिन् ।

लामो समयदेखि बिहेको कुरा सार्वजनिक गर्दै आएकी रेखा सोमबार उत्तरबाहिनी मन्दिरमा बेहुलीको भेषमा सजिइन् । उनको छेउमै माला लगाएर बेहुला पनि सजिएका थिए ।

रेखाले रियल लाइफमा त बिहे गरेकी छैनन् । तर, उनले रिल लाइफ मै सहि, बिहेको चाहना पुरा गरेकी छिन् । दोश्रो सेड्यूलमा छायांकन भैरहेको चलचित्र ‘हिरो रिटन्र्स’मा रेखा र नायक दिल श्रेष्ठले बिहे गरेका हुन् । उनीहरुको बिहेको दृश्यसँगै क्लाइमेक्स खिचिएको छ । निर्माता तथा नायक सविन श्रेष्ठले भने-‘रेखा र दिलको बिहे हुन्छ या हुँदैन, यसका लागि दर्शकले चलचित्र नै हेर्नुपर्छ ।’

भीम न्यौपाने, अमित श्रेष्ठ, सहदेव गौतम निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता चन्द्र गौतम हुन् । भोलीसम्म क्लाइमेक्सको दृश्य खिचेपछि केहि दिनमै चलचित्रको छायांकन सकिने सविनले जानकारी दिएका छन् ।
Watch New Hot Videos and Movies Only on Music_Nepal
Powered by Blogger.