नेपाली लोकगीत संगीत क्षेत्रको लागि बिमा कुमारी दुरा परिचित नाम हो। ५ हजार भन्दा बढी गीतमा आफ्नो स्वर दिईसकेकी गायिका दुरा मिडियामा भने त्यति धेरै आउदिनन् । उनको बारेमा जानकारी लिन र उनका अन्तर्वार्ताहरु पाउन निकै गाह्रो पर्ने गर्दछ. उनको गायन यात्रा जति सफल छ त्यति नै असफल छ उनको वैवाहिक जीवन । १८ बर्षीय छोरिकी आमा बिमाकुमारी दुरा र उनका श्रीमान् को भेट नभएको पनि १८ बर्ष बढी भैसक्यो । गायिका दुरा सम्झन्छिन् छोरीको जन्म हुन भन्दा अगाडी नै श्रीमानले छाडे र उनले छोरीको मुख समेत देखेका छैनन् ।

गायिका दुरा संग गरिएको भिडियो कुराकानी:

उनि भन्छिन्,’ मेरो लागि मेरो श्रीमान् मरिसक्यो. जसले मेरो छोरीको मुख नै देखेको छैन त्यो मान्छे मेरो छोरीको बाबु हुनसक्दैन् ।’ म आफ्नो काममा निरन्तरता दिइरहेकी छु भन्दै उनि आफ्नो श्रीमानको बारेमा त्यति धेरै खुलेर कुरा गर्न चाहन्नन् । उनि भन्छिन्, ‘मैले मेरो श्रीमानको अनुभव नै गर्न पाएको छ तपाईलाई कसरि भनौ श्रीमान संगको अनुभूति अनि मायाको के कुरा गर्नु ।’
Watch New Hot Videos and Movies Only on Music_Nepal
Powered by Blogger.