आइतवार, फाल्गुन २२,

हिजो शनिबार जंगल फेस्टिभलको अन्तिम दिन । बिदाको दिन पनि परेकोले हिजोअस्ती भन्दा धेरै मानिसहरु जंगल फेस्टिभलमा ओइरिएका थिए । त्यसैमाथि हिजो जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र नेपाल भर्सेज भारतको घम्साघम्सी रेस्लिङ हुने भएपछि सबैको आकर्षण बन्न पुगेको थियो जंगल फेस्टिभल
Jyoti Magar Hot

छोटो मिनीस्कर्टमाथि ज्याकेट लाएर स्टेज उक्लिएकी ज्योती मगरलाई देख्ने बित्तिकै जंगलभित्र एकाएक कोलाहल मच्चियो । ज्योती पनि के कम ? पोखरेली दर्शकलाई स्टेजबाट भनिन्, ‘आइ लभ यू अल’ । त्यसैमाथि उनले ‘फ्लाइङ किस’ थपिदिईन् । त्यसपछि त झन् जंगलमा एकै छिन हल्लाखल्ला नै भयो ।

जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीत गाउन थालिन्, तब दर्शक हेरेको हेरेइ भए । बिस्तारै माहौल तताउँदै लगेर ज्योतीले आफ्नो ज्याकेट फुकालिन् । त्यसपछि त झन् दर्शकको हुटिङले जंगल नै गुञ्जियो । त्यसपछि उनी स्टेजबाट तल झरेर ‘रेस्लिङ रिङ’मा पुगेर ज्योतीले गीत गाउन थालिन् । दर्शकको नजिक पुगेर ज्योतीले गीत गाउन थालेपछि एकैछिन् त आयोजकलाई भीड थाम्न हम्मेहम्मे परेको थियो । त्यसपछि उनी आयोजकको आग्रहमा पुनः स्टेज फर्किईन् ।

ज्योती मगरले माहौल तताइरहेका बेला माहौललाई पुनः पोखरेली मोडलहरुले ‘क्यास’ गरे । जंगल थिममा भएको फेशन शो मा १२ जना मोडलहरुले र्‍याम्पमा आफुलाई उतारे । लगालग दर्शकलाई तान्ने कार्यक्रमहरु राखिएको जंगल फेस्टिभलको अन्तिम दिन सबैभन्दा बढि आकर्षण भने रेस्लिङ मै थियो । सबै दर्शक रेस्लिङलाई व्यग्र भएर कुरिरहेका देखिन्थे । जब फेशन शो सकियो, तब दर्शकहरुको पर्खाई सकियो ।

Watch New Hot Videos and Movies Only on Music_Nepal
Powered by Blogger.