NEW SONG - Dherai Sune Dherai Dekhe | धेरै सुनेँ धेरै देखेँ (भूकम्प) | Song by Ram Krishna Dhakal 
************************************
Vocal: Ram Krishna Dhakal
Lyrics: Kapil Nepal
Music: Shikhar Santosh
Concept: Dr. Santosh Nepal 
Edit: Prakash Tuladhar
Camera: Devraj Gurung
Arranger: Bishnu Adhikari
Photos: Nabin Baral

.................................................................................
धेरै सुनेँ धेरै देखेँ गाउँ बनाउने कुराहरु ।
धेरै सुनेँ धेरै देखेँ मलम लगाउने कुराहरु ।
भूकम्पमा भत्किएको घरको गारो उस्तै छ ।
चुहिने छानोमुनि बस्‍ने टुहुराको पीडा उस्तै छ ।

धेरै सुनेँ धेरै देखेँ गाउँ बनाउने कुराहरु ।
धेरै सुनेँ धेरै देखेँ मलम लगाउने कुराहरु ।

मनको घाउ बल्झिँदैछ । 
सपनाहरु अल्झिँदैछ ।
धेरै पर्खेँ सपना कुरी ।
छलौँला भनी झरी हुरी ।

धेरै सुनेँ धेरै देखेँ गाउँ बनाउने कुराहरु ।
धेरै सुनेँ धेरै देखेँ मलम लगाउने कुराहरु ।

कोदाली लिई कम्मर कसी ।
भत्केको गारो बनाउँदै छु ।
अरुको आशा छोडिकन ।
चुहिने छानो टाल्दै छु।

धेरै सुनेँ धेरै देखेँ गाउँ बनाउने कुराहरु ।
धेरै सुनेँ धेरै देखेँ मलम लगाउने कुराहरु ।
भूकम्पमा भत्किएको घरको गारो उस्तै छ ।
चुहिने छानोमुनि बस्‍ने टुहुराको पीडा उस्तै छ ।

Watch New Hot Videos and Movies Only on Music_Nepal
Powered by Blogger.