उदयपुर : माया मारिसकेको पैसा फिर्ता पाउँदा तपाईलाई पक्कै पनि खुसी लाग्ला। त्रियुगा नगरपालिका-३ का म्यानबहादुर विक पनि निकै खुसी छन्। म्यानबहादुरकी श्रीमती सर्मिलाको पकेटबाट ३ दिनअघि ८६ हजार रुपैयाँ हराएको थियो। उनले थाहै नपाई पैसा बाटामै खसेको थियो। त्यो पैसा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत हवल्दार हरेराम यादवले सडकमा भेटे। उनले मंगलबार म्यानबहादुरलाई पैसा हस्तान्तरण गरेका छन्। ‘भेटेको ८६ हजार रुपैयाँ पैसा फेला पारी मंगलबार सम्बन्धित ब्यक्तिलाई फिर्ता दिएका छौ,’ जिल्ला प्रहरी प्रमुख एसपी केसीले भने,’
हवल्दार यादवले सदरमुकाम गाईघाट बजारको नयाँ बसपार्क नजिकै फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन्। उनको कामले सिंगो प्रहरी संगठनको प्रतिष्ठा उचों भएको छ।’ पैसा पाएपछि खुसी देखिएका म्यानबहादुरले प्रहरी हवल्दार यादवलाई धन्यवाद दिए। उनले यादवलाई १० हजार रुपैयाँ पुस्कार समेत दिए।
source:thahakhabar.com